२२ जेष्ठ २०७३, शनिबार

वैशाखे पूर्णिमाको दिनदेखि शुरु भएको किरात राई जातिको चाड उभौली साकेलाको  पूर्वी नेपालमा शनिबार विधिवत समापन भएको छ ।

बर्षेनी वैशाखे पूर्णिमाको दिन भूमि पूजा गरेर जिल्ला व्यापीरुपमा साकेला नाच्न शुरु गर्ने पूर्वका किरातहरुले आंैशीको दिन भव्यरुपमा प्रर्दशनी गरेर समापन गर्छन् ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा प्रारम्भीक कमिट सस्तरीय प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी आयोजना गर्दै उभौलीको विधिवत समापन गरेको हो । त्यसअघि, पन्ध्र दिनसम्म चोक चोकमा साकेला नाचिन्छ । यायोक्खाले ०५७ सालदेखि उभौलीमा यसरी सामुहिकरुपमा साकेला नाच्ने थालनी गरेको थियो । प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीमा विभिन्न २४ वटा प्रारम्भिक कार्यसमितिहरुले भाग लिएको थिए ।

त्यसबाहेक छिमेकी जिल्ला मोरंग, उदयपुर र सप्तरीबाट पनि साकेला टोली धरान आएका थिए । प्रतियोगितात्मक साकेला सिलीमा सहभागीहरुलाई धरानभित्र र धरानबाहिर गरि उत्कृष्ट सहभागीता, उत्कृष्ट साँस्कृतिक सामग्री प्रर्दशनी, उत्कृष्ट भेषभुषा प्रर्दशनी, उत्कृष्ट कार्यक्रम व्यवस्थापन, उत्कृष्ट सिली प्रर्दशनी र अधिकतम सहभागीता विधामा पुरस्कृत गरिएको सचिव राईले बताए ।

प्रकृति पूजक किरात राईहरुले उभौली चाड मनाउन विभिन्न सिलि(शैली)मा नाच्ने नाच नै साकेला हो । किरातीहरुले बाली लगाउने बेला भएपछि पूर्खाहरुलाई सम्झेर भुमि पूजा गर्छन् । अन्नबाली सप्रियोस, सुखशान्ति छाओस भनेर किरातीहरु प्रकृति पुज्छन् ।

मंसिरमा किरातीहरुले बाली भित्र्याउनुअघि पनि भूमि पूजा गर्छन् र आफ्नो पूर्खाहरुलाई अन्नबाली चढाउछन् । यो चाडलाई उधौली भनिन्छ । मंसिरे पुर्णिमामा वाली भित्र्याउने बेला भएपछि भने उधौली पूजा गर्छन् ।

 

LIVE TV