२२ जेष्ठ २०७३, शनिबार

katwal

पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालको नाममा रुक्माङ्गत कटवाल ट्रष्टको स्थापना भएको छ । समाज सेवालाई बढावा दिने यसको उद्धेश्य रहेको बताईएको छ ।

रुक्माङ्गत कटवाल ट्रष्टको स्थापनावारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा पूर्व प्रधान सेनापति कटवालले धेरै पैसा भएर समाज सेवा गर्न लागेको नभई आफ्नोतर्फवाट जे जति गर्न सकिन्छ त्यहि अनुसारको योगदान गर्न प्रयास थालिएको बताउँनुभयो ।

मुलुकको सकारात्मक परिवर्तनकोलागि सघन योगदानको आवश्यकता रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा पत्रकार युवराज घिमिरे, प्रेम बानिया लगायतले अवको राजनीति समाजसेवा केन्द्रित हुनुपर्ने चर्चा गर्दै सवै नागरिकले आफ्नोतर्फवाट योगदान गरे मुलुकमा परिवर्तन आउने धारणा राखेका थिए ।

LIVE TV