२२ जेष्ठ २०७३, शनिबार

बर्दिया जिल्लामा रहेका बिभिन्न बिकासे कार्यालयहरुले आफनो नियमित बिकास बजेट खर्च गर्न सकेका छैनन । बिकास बजेट खर्र्च हुन नसक्दा एकातिर सर्वसाधारण विकासबाट बञ्चित भएका छन् भने अर्कोतिर यसले सवैको टाउको पनि दुखाई रहेको छ ।

असार मसान्त आउँन अव करिव एक महिना बाकी रहँदा जिल्ला बिकास समितिको कार्यालयले भने आफनो बिकास बजेटको कुल ५२ प्रतिशत रकम मात्र खर्चिएको छ । तर बर्दिया जिल्लामै यस्ता केही कार्यालयहरु पनि छन् जसले तोकिएको समयमै शतप्रशित विकासका कार्यहरु गर्न सफल भएका छन् ।

जिल्लामा रहेका केही कार्यालयले बिकास बजेट खर्चिन नसके पनि राजापुर क्षेत्रमा रहेको कर्णाली नदी ब्यवस्थापन आयोजना राजापुरले भने बिकास बजेट असार मसान्तको एक महिना पुर्व नै शत प्रतिशत खर्चिएको छ । २०७१ सालमा नदी ब्यवस्थापन गर्न सञ्चालनमा ल्याईएको आयोजनाले अहिले आफनो बिकास बजेट सर्व खर्चिएपछि यति बेला सवैको चाँसोको बिषय बनेको छ ।

राजापुर क्षेत्रमा रहेको कर्णाली नदी ब्यवस्थापन गर्नका लागि सञ्चालनमा ल्याईएको आयोजनाले नदी नियन्त्रण गर्ने काममा मिहिनेतका साथ काम गरेको कारण सरकारले यस आर्थिक बर्षका लागि उपलब्ध गराएको बिकास बजेटको करिव २२ करोड रुपैया जेठ महिनामा नै सकिएपछि अहिले अयोजनाले थप बजेट मन्त्रालय समक्ष माग गरेको छ ।

सरकारले उपलब्ध गराएको बजेट आर्थिक बर्षको समाप्ती हुनु अगावै खर्चिएपछि एक महिनाका लागि थप बजेट माग गरिएको कर्णाली नदी ब्यवस्थापन आयोजनाका डिभिजन ईन्जिनियर लेखराज सुवेदीले बताउँनुभयो ।

प्रत्येक बर्ष कर्णाली नदीमा आउँने बाढीले घर खेत बगाएपछि हैरान भएका स्थानीय बासिन्दालाई राहत दिनका लागि आयोजनाको स्थापना गरिएको हो । गत बर्ष राजापुर बजारदेखि उत्तरतर्फ ६ किलोमिटर नदी ब्यवस्थापन गरिएको थियो । बाकी ६ किलोमिटर नदी व्यवस्थापनको कार्य अहिले भैरहेको हो ।

नदी ब्यवस्थापनको काम धमाधम भई रहेकोले उपलब्ध बिकास बजेट सवै खर्चिएको बताइएको छ । बिकास बजेट सवै खर्चिएका कारण अवको एक महिनालाई थप बिकास बजेट माग गरिएको कर्णाली नदी ब्यवस्थापन आयोजनका आयोजना प्रमुख आत्माराम रायले बताउँनुभयो ।

यसरी बर्दिया जिल्लाको राजापुरमा ०७१ सालमा स्थापना भएको कार्यालयले आफनो बिकास बजेट समयमै सवै खर्चिएर उदाहरणीय कार्य गरेको छ  । बजेट खर्चिन नसकेका अन्य कार्यालयहरुले समेत यस आयोजनाबाट पाठ सिक्नुपर्ने जरुरी देखिन्छ ।

 

LIVE TV