२२ जेष्ठ २०७३, शनिबार

नेपालका राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र संस्थागत हुन नसकेको भन्दै निकै आलोचना हुँदै आएको धेरै भईसक्यो । पार्टीभित्र नै थरी थरीका गुटका स्वार्थले सीङ्गो पार्टीलाई मात्र होईन मुलकमै गतिरोध ल्याएको नया कुरा होईन ।

पछिल्लो पटक सत्तारुढ दल नेकपा एमालेभित्र देखिएको किचलोलाई पनि आममानिसले फेरिन नसकेको नेपाली राजनीतिको यथार्थ भनि टिप्पणी गरेका छन् ।

नेपालका कुनै पनि प्रमुख दलहरु आन्तरिकरुपमा एकतावद्द छैनन् । जसको कारण मुलुकको हित नचाहने देशी वा विदेशी तत्वले पार्टीभित्रका गुटहरुलाई निकै प्रयोग गरेको पाईन्छ । मुलुकको जटिल अवस्थामा राष्ट्रियता, स्वाधिनता र समृद्धिको मुद्यामा दरिलो अडान र प्रतिवद्यता गरेका प्रधानमन्त्री ओली विरुद्ध आफ्नै पार्टीकै नेताहरु उत्रिनुले जनतालाई निराश बनाएको छ ।

एमालेभित्रै ओलीलाई सत्ताच्युत गर्न देशी विदेशी शक्तिको आडमा प्रयास भईरहेको कुरा वाहिर आईसकेको छ । भलै कुन तत्वले एमालेवृत्तमा खेलिरहेको छ भन्ने कुरा वाहिर आउन सकिरहेको छैन् ।

हुन त एमालेका केही नेताहरु पार्टीभित्रका क्रियाकलापहरु पार्टी हित विपरित नभएको दावी गर्दै आएका छन् । विविध विचार आएपनि एमालेले सहजरुपमा व्यवस्थापन गरेर अगाडि बढ्ने उनीहरुको भनाई छ ।

ओली सरकार विरुद्ध राष्ट्रिय सरकार र सहमतिको नाममा माधवकुमार नेपाल र झलनाथ खनाल उग्ररुपमा प्रकट भएको जगजाहेर छ । आन्तरिक समस्याहरु हल हुन नसक्दा पार्टीभित्रैका केही नेताहरु वाह्य तत्वको स्वार्थमा प्रयोग हुँदै आएको नया कुरा होईन् । नेपालको अहिलेको राजनीतिक जटिलताको कारक तत्वपनि त्यही हो भन्दा फरक पर्दैन ।

नेकपा माओवादी केन्द्रमा सत्ता नेतृत्वको भूतसवार भएको अव सामान्य लागिसक्यो । तर राष्ट्रियता र विकासका मुद्यामा जनताको मन जितेका ओली विरुद्ध आफ्नै पार्टीका बरिष्ठ नेताहरु लागिपर्नुलाई आमजनताले उचित मानेका छैनन् ।

पार्टीभित्र अराजकता र स्वतन्त्रताको नाममा अवाञ्छित गतिविधिलाई रोक्न सकिएन भने यसले भयानक रुप लिन्छ । संसदीय लोकतन्त्रमा स्वस्थ्य पार्टीले मुलुकलाई पनि स्वस्थ बनाउँछ । ओलीले पार्टीभित्रको अराजकता समयमै रोक्न सकेनन् भने त्यस्को सीधा असर सरकार सञ्चालनमा पर्नेछ । अन्तत्वगत्वा, मुलुकमा अस्थिरताको कारक मानिएको शीघ्र सरकार परिवर्तनको डरलाग्दो खेल सुरु हुनेछ ।

 

LIVE TV