२२ जेष्ठ २०७३, शनिबार

sansad n

काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेट र रातो पुस्तकबीच देखिएको विवरण तथा आयोजनामा तालमेल मिलेको नदेखिएको भनी आलोचना गर्नुभयो । डोटी जिल्लाका विभिन्न स्थान बढी पहिरोको जोखिममा परेकाले त्यसतर्फ सरकारले आवश्यक चासो राख्न उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद चण्डीप्रसाद राईले मोरङका केही गाविसमा १४ हजार सुकुम्बासी लामो समयदेखि बस्दै आए पनि उनीहरुलाई सरकारले लालपूर्जा वितरण गर्नुको साटो उल्टै बसोबास हटाउन सूचना गरेको घटना सदनलाई जानकारी दिनुभयो ।

सांसद भेषकुमारी रावलले उदयपुरको दलित बस्तीमा अज्ञात रोगका कारण तीनजनाको मृत्यु भएकोबारे सदनलाई जानकारी गराउँदै उक्त सरुवा रोग रोकथामका लागि आवश्यक पहल गर्न र विशेषज्ञसहितको स्वास्थ्य टोली खटाउन माग गर्नुभयो ।

सांसद कर्णबहादुर थापाले कर्णालीसहित बाजुरा जिल्लामा भएको खडेरीका कारण उत्पन्न खाद्यान्न सङ्कट सम्बोधन गर्न त्यहाँ न्यूनतम अत्यावश्यक खाद्यान्नको व्यवस्था गर्न माग गर्नुभयो । रासस

 

LIVE TV