६ हजार ७ सय ५९ आवास बिभिन्न संघसंस्थाले निर्माण गर्ने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ हजार सात सय ५९ निजी आवास पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संघ संस्थाहरुको प्रस्ताव स्वीकृत गरेको छ ।
यस्तै प्राधिकरणले १ सय ३३ वटा विद्यालय र दुईा स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।
गैर सरकारी संस्था परिचालन सम्वन्धी कार्यविधि २०७२ अनुसार प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेवमोजिम सम्वन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरेको प्राधिकरणले जनाएको छ ।
संम्वन्धित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणका बीच त्रिपक्षीय सम्झौता हुने कानूनी व्यवस्था रहेको छ । निजी आवास, विद्यालय र स्वास्थ्य चौकी लगायतको पुनर्निर्माणका लागि १२ अर्व २८ करोड १८ लाख ७७ हजार ९ सय ८१ रुपँया प्रस्ताव गरिएको छ ।
यसरी पुनर्निर्माणको काम गर्न स्वीकृत हुने गैरसरकारी संघ संस्थाहरुमा नेपाल रेडक्रस, ह्याविटयाट फोर हुमनिटी, स्वास्थ्य सेवा तथा उद्धार संघ नेपाल,सहयोगी हातहरुको समूह नेपाल लगायत रहेका छन ।