२२ जेष्ठ २०७३, शनिबार

चीन र रुस विश्व शान्ति र सुरक्षाकोलागि सैन्य सम्वन्ध थप मजवुत गर्न सहमत भएका छन् । दुई मुलुकको एकताले विश्वका महत्वपूर्ण मुद्दाहरु सम्वोधन हुने विश्वासपनि चीन र रुसले लिएका छन् ।

सैन्य संगठन सांग्रीला डायलग अन्र्तगत चीन र रुसका अधिकारीहरुबीच भएको वैठकमा विश्वमा बढ्दो आतकंवाद, केही ठूला मुलुकहरुको अनावश्यक गतिविधि, खुला व्यापारमा देखिएका अप्ठ्यारा लगायतका मुद्दामा समझदारी गरेर अगाडि बढ्ने सहमति भएको हो ।

त्यस्तै गरी दक्षिण चिनिया सामूद्रीक क्षेत्रमा अमेरिकाको बढ्दो चासोप्रति चिन्ता व्यक्त गर्दै चीन र रुसले अमेरिकाको हर्कतले द्धन्द्ध बढाउन सक्ने बताएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

चीन र रुस आगामी दिनहरुमा सैन्य आदानप्रदान र संयुक्त अभ्यासलाई थप बलियो बनाउनपनि सहमत भएका छन् । कुनै पनि सार्वभौम मुलुक विरुद्ध लाग्ने आफ्नो कुनै पनि योजना नभएको स्पष्ट पार्दै दुई मुलुकले अन्र्तराष्ट्रिय सुरक्षाप्रति गम्भीर हुन सवै मुलुकहरुलाई आग्रह गरेका छन् ।

विगत दश बर्षयता चीन र रुस बीचको सम्वन्ध अत्यन्त सुमधुर हुँदै आएको छ । पेट्रोलियम पदार्थसहितका प्राकृतिक सम्पदामा धनी रुसवाट चीनले भारीमात्रामा कच्चा पदार्थ भित्राउने स्वार्थ राखेको छ भने चिनिया लगानी भित्राएर विकासलाई गति दिने स्वार्थ रुसको छ ।

त्यस्तै गरी दुई मुलुकबीचको सैन्य समवन्धपनि पछिल्लो दशक निकै सुमधुर अवस्थामा पुगेको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

 

LIVE TV