२२ जेष्ठ २०७३, शनिबार

तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो अस्पताल भर्ना भएका ७४ वर्षीय अलीको आज बिहान निधन भएको हो ।

स्वास्थमा समस्या देखिएपछि अलीलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उनको स्वास्थमा थप समस्या आएपछि चिकित्सकहरुले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरेका थिए ।

हालैका दिनहरुमा स्वास्थमा समस्या आएपछि उनी सार्वजनिक कार्यक्रममा कम उपस्थित हुने गरेका थिए । स्वास्थ समस्याकै कारण उनले आफ्नो लण्डन भ्रमणसमेत रद्द गरेका थिए ।

सन् १९६० मा रोममा भएको ओलम्पिक खेलमा स्वर्ण पदक जितेका उनले २२ वर्षको उमेरमा सन् १९६४ मा पहिलो पल्ट विश्व ह्याभिवेट च्याम्पियन बनेका थिए ।

अलीलाई सन् १९६७ मा भियतनाम विरुद्धको युद्धमा अमेरिकी सैनिकको तर्फबाट युद्धमा सहभागी हुन अस्वीकार गरेपछि उनलाई पाच वर्ष देश निकाला गरिएको थियो ।

साथै, उनलाई तीन वर्ष बक्सिङ खेल खेल्न प्रतिबन्ध लगाइएको थियो । उनको अन्त्येष्टि समारोह उनको गृहनगर लुइसभिल्लामा गरिने परिवारले जनाएको छ ।

LIVE TV