२२ जेष्ठ २०७३, शनिबार

आधिकारिक ट्रेड युनियनको चुनाव सकिएपनि नेतृत्व हस्तान्तरणको लागि अझै केही दिन लाग्ने भएको छ । प्राप्त नतिजाको आधारमा निर्वाचन समितिले पद संख्या तोकेर सम्बन्धित युनियनलाई सिफारिसको लागि पत्र पठाउने र युनियनले नाम चयन गरेपछि मात्र नेतृत्व हस्तान्तरण हुने व्यवस्था छ ।

download
प्रचलित व्ववस्था अनुसार निर्वाचन समितिले विभाग र जिल्ला कमिटीको सिट बाँडफाँड गरेर पत्र पठाएको छ । पत्र प्राप्त भएको ७ दिनभित्र सम्बन्धित युनियनले पदमा रहनेको नाम पठाउनुपर्ने हुन्छ । केन्द्रको हकमा भने निर्वाचन समितिले पद बाँडफाँड गरेर पत्र पठाएपछि १५ दिनभित्र नाम टुंगो लगाउनुपर्ने व्यवस्था छ । यस्तो प्रावधानका कारण आधिकारिक ट्रेड युनियनको पद बहाली ढिलो हुने भएको हो ।
पहिलोपटक भएको आधिकारिक ट्रेड युनियनको चुनावमा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ । २१ केन्द्रीय कमिटीमा संगठनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र ८ सदस्य पाएको छ । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले महासचिवसहित ६ र माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उपाध्यक्ष र दुई सदस्य पाएका छन् । तर संगठनहरुले सम्बन्धित पदमा जिम्मेवारी लिने आफ्ना प्रतिनिधि टुंग्याइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV