२२ जेष्ठ २०७३, शनिबार

१. जङ्गली च्याउ नखान सर्वसाधारणलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह, जनचेतनामूलक कार्यक्रम प्रभावकारी नभएको स्वीकारोक्ति ।

२. ठूला योजनाको सपना बाड्न व्यस्त प्रधानमन्त्री ओली अनुत्पादक कार्यक्रममा व्यस्त, सामान्य कार्यक्रममा पनि ओलीको उपस्थिति अपाच्य मानिदै ।
३. नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गर्नेहरुले सियो नेपालमा उत्पादन गर्नेतर्फ ध्यान पु¥याउन सकेनन्, प्रत्येक महिना दुई लाख रुपैयाँको सियो भित्रिदै ।

४. फिफाद्वारा भ्रष्टाचार आरोपमा निलम्वित पूर्व अधिकारीमाथि छानबिन जारी, तीन पूर्व उच्च अधिकारीले ८ करोड डलर बोनस लिएको खुलासा ।
५.र, बाढीका कारण युरोपका जर्मनी, फ्रान्स तथा युक्रेनसहितका देश प्रभावित, पेरिसको सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च ।

LIVE TV