२२ जेष्ठ २०७३, शनिबार

सोनाक्षी सिन्हाको नयाँ फिल्म ‘नुर’को फस्टलुक रीलीज भएको छ । रीलीज गरीएको पोष्टरमा नायिका सोनाक्षीलाई विभिन्न नजरहरुमा देख्न सकिन्छ । उक्त पोष्टरलाइ ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीटर मार्फत सार्वजनीक गरेका हुन् ।

sdf
पाकीस्तानी उपन्यास (कराँची, यु आर किलीङ मी)माथी बनीरहेको ‘नुर’ फिल्ममा सोनाक्षीले नुर राय चौधरीको भुमिकामा अभिनय गर्दै छिन् । फिल्म ‘नुर’मा २०१४ मा प्रकाशीत पत्रकार तथा लेखक सबा ईम्तीयाजका कमेडी र क्राईम थ्रिलर पुस्तकको केन्द्रमा कराँचीमा रहँदै आएकी २० वर्षकी रीपोर्टर आयशा खान र उनको कहानी रहेको छ ।
फिल्माको सुटीङ भने यहि जुलाई बाट सुरु हुने भएको छ ।
फिल्म ‘नुर’को निर्देशकको रुपमा सुनहील सिप्पी रहेका छन् । नायिका सोनाक्षी सिन्हाकी दुई फिल्म फोर्स २ र अकीरा आउन लागेको फिलमहरु हुन्,भने उनले अक्षय कुमारको फिल्म नमस्ते ईङ्गल्याण्डमा पनि साईन् गरेकी छिन् ।

 

LIVE TV