२२ जेष्ठ २०७३, शनिबार

लोकपप गायन बाट निकै नै चर्चामा आउन सफल गायक अमृत गुरुङले पाश्र्र्व गायनमा पनि डेब्यु गरेका छन् । उनि लोकपप ब्याण्ड नेपथ्यामा गायकको रुपमा आबद्ध रहेका छन् । गायक गुरुङको भेडाको ऊन जस्तो…. लगाएतका गीतहरु बिश्वब्यापी बजारमा चर्चीत छन् । गायक गुरुङले अनुप बरालले निर्देशन गरेका फिल्म ‘दोख’ बाट पाश्र्र्व गायनमा पनि करीयर सुरु गरेका हुन् ।

amrit-gurung-nepathya-band-in-UK
कवि श्रवण मुकारुङको शब्द,नीरजको गीटार र आभाषको संगीतमा अमृतले स्वरबद्ध गरेका छन् । गायक अमृतको फिल्मी गायनको यात्रालाई संगीतकार आभाषले ट्वीटर मार्फत सार्वजनीक गरेका हुन् । ‘दोख’फिल्मले द्धन्दकालको सेटिङमा फुटबल गेमको कथा प्रस्तुत गर्ने भएको छ । उक्त फिल्म अहिले सम्पादनमा रहेको छ । फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् । फिल्ममा राजन कठेतको पटकथा रहेको छ ।

&NCS_modified=20150519210000&MaxW=640&imageVersion=default&AR-150518811

LIVE TV