२२ जेष्ठ २०७३, शनिबार

images (1)फलेवास (पर्वत) । धारिलो हतियारले आक्रमण गर्दा शुक्रबार साँझ दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको गाविस–९ स्थित मानसिक अवस्था ठीक नभएको ४२ वर्षीय लिलबहादुर गुरुङले धारिलो हतियार र ढुङ्गा प्रहार गर्दा सोहि ठाउँका २४ वर्षीय अशोक गुरुङ गम्भीर घाइते भएका छन् । धारिलो हतियार लागेर घाइते भएका अशोकले प्रतिकार गर्दा लिलबहादुरसमेत सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते लिलबहादुरको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते अशोकलाई प्रहरीको निग्रानीमा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

LIVE TV