२२ जेष्ठ २०७३, शनिबार

jangali-chyaauफलेवास (पर्वत)। दक्षिण पर्वतको भोर्ले गाविसमा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु भएको छ ।

जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएको केही बेरपछि भोर्ले–४ हिले का ६५ वर्षीय देउबहादुर थापाको गए राति १० बजे मृत्यु भएको हो ।त्यस्तै उनकी छोरी १८ वर्षीया लक्ष्मी थापा, १५ वर्षीया प्रतिमा थापा, १४ वर्षीया ललिता थापा मृतक थापाकी बुहारी ३५ वर्षीया कोपिला थापा गम्भीर बिरामी परेका छन् ।

उनीहरुलाई गए राति नै उपचारका लागि वालिङ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जङ्गलमा पाइने च्याउ परीक्षण नगरिकनै पकाएर खाएकाले वृद्धको मृत्यु भएको र अन्य चार जना बिरामी परेको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV