२२ जेष्ठ २०७३, शनिबार

nn1711090458अधिकांश सार्वजनिक संस्थामा वित्तीय अनुशासन कमजोर बन्दै गएको सरकारी वार्षिक समीक्षाले औंल्याएको छ ।

सरकारी स्वामित्वका कुल ३७ संस्थानमध्ये १५ संस्थानले मात्र आर्थिक अनुशासन पालना गरेको पाइको छ । यी संस्थानहरूले नियमित रूपमा लेखापरीक्षण गरी वित्तीय अनुशासन कायम राख्ने प्रयत्न गरेको पाइएको छ ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको संस्थानहरूको वार्षिकस्थिति समीक्षाले २२ वटा संस्थानले कानुन पालना नगरेको देखाएको छ । वत्तीय अनुशासन र कानुन पालना नगर्ने २२ मध्ये १० संस्थानले गत आर्थिक वर्षको लेखापरीक्षण नै गराउन बाँकी छ ।अन्य १२ संस्थानले आर्थिक वर्ष ०६५/६६ देखि लेखापरीक्षण गर्न बाँकी रहेको संस्थान प्रतिवेदनले औंल्याएको छ ।

“प्रत्येक आर्थिक वर्ष समाप्तिपछि निश्चित समयावधिभित्र लेखापरीक्षण गराई प्रतिवेदन तयार गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थानहरूले पालना गरेको देखिएन,” प्रतिवेदनमा भनिएको छ, “लामो समयदेखि संस्थानहरूले लेखापरीक्षण गरेका छैनन् ।”

यसको दोषी संस्थान प्रमुख नै भएको औंल्याइएको छ । यस्तै लेखापरीक्षण नभएका संस्थानमा पनि थप ऋण लगानी, सेवासुविधामा वृद्धि, संस्था प्रमुख पुरस्कृत हुने तथा थप जिम्मेवारीसमेत पाउने अवस्थाले सार्वजनिक संस्थानको वित्तीय अनुशासन झनै कमजोर बन्दै गएको स्थिति समीक्षामा औंल्याइएको छ ।

कानुनअनुसार लेखापरीक्षण नगर्ने संस्थान प्रमुखलाई कारबाही गर्नुपर्ने प्रतिवेदनमा सुझाब दिइएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV