२२ जेष्ठ २०७३, शनिबार

imagesअन्तरराष्ट्रिय पर्यटक आवागमन सन् २०१४ मा भन्दा सन् २०१५ मा ४.४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तरराष्ट्रिय पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१५ मा १ अर्ब १८ करोड ४० लाख मानिस अर्को देशमा घुम्न निस्किएका थिए ।

जुन गत वर्षभन्दा ४.४ प्रतिशतले बढी हो । सन् २०१५ मा सन् २०१४ को भन्दा ५ करोड बढी पर्यटकले घुमेका छन् । “विश्वभर पर्यटक आगमनदर वृद्धि हुँदै जाँदा विश्वको अर्थतन्त्रलाई चलायमान बनाउनुको साथै रोजगारी वृद्धिमा ठूलो सहयोग गरेको छ,” यूएनडब्लूटीओका महासचिव तालेब रेफाइले भने ।

२०१५ मा १ अर्ब १८ करोड ४० लाख मानिस अर्को देशको भ्रमणमा

विश्वभर पर्यटक बढ्दा, नेपालमा भने घट्यो

पछिल्लो समय पर्यटनसम्बन्धी नीतिगत सुधार हुँदै जानु तथा सेवामुखी उद्योगको विकास हुनुले पर्यटक संख्या वृद्धि भएको रेफाइले बताएका छन् । युरोप, अमेरिकमा, एसिया तथा प्रसान्त क्षेत्रमा पर्यटक आगमन ५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तैगरी मध्यपूर्वी देशमा ३ प्रतिशितले वृद्धि भएको छ भने अफ्रिका लगायत अन्यमुलुकको वृद्धिसमेत ३ प्रतिशत छ । त्यस्तै घुम्न जाने देशहरूमा एसिया तथा प्यासिफक र अमेरिकाका ४ देखि ५ प्रतिशले वृद्धि भएको जनाइएको छ । त्यस्तैगरी युरोपबाट घुम्न निस्कनेमा ३.५ प्रतिशतदेखि ४.५ प्रतिशत वृद्धि भएको छ भने अफ्रिकन मुलुकका २ देखि ५ प्रतिशत र मध्यपूर्वमा पनि २ देखि ५ प्रतिशतले वृद्धि देखिएको थियो ।आजको कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV