२२ जेष्ठ २०७३, शनिबार

sher-bahadur-deuwaनेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनामा सुरक्षाकर्मीलाई दोषी देखाउन नमिल्ने बताएका छन् । शान्ति प्रक्रिया नेपालको आन्तरिक मामिला भएको भन्दै उनले सत्य-तथ्य पत्ता लगाई मेलमिलापको बाटोमा जानुपर्ने बताए ।

नेपाल मानवअधिकार संगठनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यकक्रममा देउवाले भने, ‘सेना, प्रहरी र सशस्त्र प्रहरी कुनै एउटा पार्टी विशेषका होइनन्, राज्यका सुरक्षाकर्मी भएकाले सरकारको निर्णय अनुसार परिचालित भएका हुन् ।’ देउवाले प्रश्न गरे, ‘राज्यको निर्णययाट परिचालित सुरक्षाकर्मीलाई दोष देखाउनु जायज हो ? आफ्नो चौकी र ब्यारेकमा आक्रमण हुँदा सेना र प्रहरीले हेरेर बस्न मिल्थ्यो ?’ तर, देउवाले व्यक्तिगत रिसइबीका कारण भएका गम्भीर घटनालाई भने यसैमा मिसाउन नहुने पनि बताए ।

सशस्त्र द्वन्द्व सुरु हुने बेलाका प्रधानमन्त्री देउवा त्यसपछि पनि युद्धकालमा दुई पटक प्रधानमन्त्री थिए । उनकै प्रधानमन्त्रीत्व कालमा २०५८ मंसिरमा देशमा संकटकाल घोषणा भएपछि सेना ब्यारेक बाहिर निस्किएको थियो । ब्यारेक र चौकीमा बसेका सुरक्षाकर्मीलाई बाहिर निस्किन माओवादीले बाध्य पारेको भन्दै देउवाले भने, ‘त्यसैले द्वन्द्वकालका घटनाको दोषी माअेावादी हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV