२२ जेष्ठ २०७३, शनिबार

india_nepal_pillerभारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको हो।

नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भ निरीक्षण अनुगमन, स्तम्भको गणना, पुनर्निर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ।

प्रमुख जिल्ला अधिकारी टिम लिडर छन्। वैठकमा एक वर्षको कार्य प्रगतिका विषयमा समेत समीक्षा भएको अधिकारीले बताएका छन्।

LIVE TV