
सरकार परिवर्तनको विषयमा भएको भद्र सहमतिलाई लिएर बिभिन्न चर्चा परिचर्चा भइरहेको समयमा स्वयं नेकपा एमाले भित्रै यस विषयमा दुई धार देखिएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले भद्र सहमतिको विषय अस्वीकार गर्दा वरिष्ठ नेता झलनाथ खनालले भने विगतमा सहमति भएको स्वीकार गर्नु भएको छ ।
शुक्रवार एमाले केन्दीय कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले र माओवादी केन्द्रकावीच भएको भनिएको भद्र सहमतिलाई लिएर एमाले ्िभत्रै दुई धार स्पष्ट देखिएको हो । पत्रकार सम्मेलनमा वरिष्ठ नेता खनालले सवै राजनीतिक दलकावीचमा राजनीतिक सहमति हुनुपर्ने र सरकारको नेतृत्व ठूलो कुरा नभएको वताउनुभयो ।
कार्यक्रममा महासचिव पोखरेलले सहमतिकासाथ वन्ने सरकारमा आफुहरुको सहमति रहने स्पष्ट पार्नुभयो । साथै उहाँले भद्र सहमति भनेको के हो आफुहरुलाई थाहा नभएको उल्लेख गर्नुहुँदै उक्त भद्र शव्द पहिल्यै नै आईसकेकाले त्यसलाई सापटी लिन खोजिरहेको आरोप लगाउनुभयो ।
यसैबीच एमालेले लामो समयदेखि रिक्त रहेका ३१ वटा विभागमा नियुक्त हुन वाँकी सदस्यहरुको मनोनयन समेत गरेको छ । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवहरु गोकर्ण विष्ट र पूथ्वी सुव्वा गुरुङ सदस्य सम्मिलित समितिले आवश्यक छलफल गरी सदस्यहरुको मनोनयन गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।