२१ जेष्ठ २०७३, शुक्रबार

धौलागिरीको प्रमुख अस्पतालमा बिषेशज्ञ डाक्टर नहुदा अञ्चलबासी बिषेशज्ञ स्वास्थ्य सेवाबाट बञ्चीत बनेका छन् । १७ बिषेशज्ञ डाक्टर सहित २२ जनाको  दरबन्दी रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङ अहिले २ जना डाक्टरले धानेका छन् ।

२०६४ सालमा जिल्ला अस्पतालबाट अञ्चल अस्पतालका रुपमा स्तरवृद्धि गरिएको अस्पतालमा  हाल सम्म दरबन्दी अनुसारका कुनै पनि बिषेशज्ञ डाक्टर आएका छैनन् । अस्पतालमा कन्सल्टेन्ट जनरल फिजीसियन, कन्सल्टेन्ट अर्थोपेडीक सर्जन,रेडीयोलोजिष्ट लगाएतका १७ बिषेशज्ञ दरबन्दी रहेको अस्पताल अहिल १ जनामेडीकल सुपरीटेण्डेन्ट र १कन्सलटेण्ट सर्जनको भरमा चलीरहेको छ । ५ जना मेडीकल अधिकृत भने कार्यरत रहेका छन् ।

राज्यले अञ्चल अस्पतालको मान्यतादिएपनि सोही अनुसारको जनशक्ति र प्रविधि उपलब्ध गराउन नसक्दा बिरामीमा अस्पताल प्रतिको बिश्वास घट्नुका साथै भएका जनशतिmलाइ चाप बढी भएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर सागर राजभण्डारीले बताउनुभयो । कतिपय अवस्थामा अञ्चल अस्पतालमा सम्भव हुने समस्याहरु समेत जनशक्तिको अभावमा अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको  राजभण्डारको भनाइ छ ।

बागलुङ भित्र सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको अस्पताल भएपनि बिषेशज्ञ सेवाको लागि जिल्ला बाहिर जानुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । जिल्ला बाहिर तथा निजी अस्पतालमा जाँदा समयमै उपचार नपाइने,आर्थिकरुपमा समेत चर्को मार खेप्नु परेको उनिहरुको गुनासो छ ।

अञ्चल अस्पतालले पटक पटक मन्त्रालयमा डाक्टर पठाइदिन आग्रह गरेपनि मन्त्रालयले डाक्टर खटाउन नसकेको अस्पताल स्रोतले जनाएको छ । बिभीन्न समयमा मन्त्रालयले अञ्चल अस्पतालको लागि डाक्टरहरुको सरुवा गरेपनि उनिहरुले मन्त्रालयबाटै सरुवा संगै काजको चिठ्ठी लिएर आउने गरेको अस्पताल विकास समितिका अध्यक्ष टीकाराम सापकोटाले बताउुभयो ।

उहाँका अनुसार बागलुङमा प्रशस्तमात्रामा निजी अस्पताल नभएको र अन्यत्र काम गर्ने मौका नपाइने भएकाले मन्त्रालयले खटाएका डाक्टरहरु पनि अस्पताल जान मान्दैनन ।

स्वास्थ्य मन्त्रालयबाट एक महिना अघि मात्रै ११ औँ तहका गाइनोकोलोजिष्ट र फिजीसियन कन्सलटेन्टको अञ्चल अस्पतालमा सरुवा भएपनि उनीहरु अझै सम्म अस्पतालमा हाजिर भएका छैनन् । मन्त्रालयको फितलो व्यवस्थाको फाइदा उँठाउदै जनताकै करबाट जागिर खाइरहेका डाक्टरहरुले अञ्चलवासीको स्वास्थ्यमाथीगम्भीर खेलवाड गरीरहेका छन् ।

 

LIVE TV