२१ जेष्ठ २०७३, शुक्रबार

ठूलठूला योजनाको सपना बाड्न व्यस्त प्रधानमन्त्री ओली अनुत्पादक कार्यक्रममा पनि बढी व्यस्त बन्दै, सामान्य कार्यक्रममा पनि ओलीको उपस्थिति अपाच्य मानिदै

PM IN OFFICE

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, स्वाधीनता र विकासका सन्दर्भमा लिएको अडानले मुलुकभर वहसको विषय बनेको छ । झनै संसदमा प्रस्तुत बजेटका कारण पनि ओलीको चर्चा चुलिएको छ । तर केही दिनयता ओलीको अनावश्यक कार्यक्रममा देखिएको व्यस्ततालाई भने आम मानिसले रुचाएका छैनन् ।

शुक्रवार प्रधानमन्त्री निकै व्यस्त हुनुभयो । प्रधानमन्त्री ओलीका शुक्रवारका कार्यक्रमहरुको सूची हेर्ने हो भने कुनै पनि कार्यक्रममा प्रधानमन्त्री  सहभागी हुनै पर्ने देखिदैन । शुक्रवारका ५ वटै  कार्यक्रम सामान्य छन् । एकातिर योजना निर्माण गर्न सक्ने अर्कोतर्फ कार्यान्वयन गर्न सक्ने इच्छा शक्ति भएका प्रधानमन्त्री मानिएका ओलीको यो अनावश्यक व्यवस्ताले शुभचिन्तकहरु समेत हैरान छन् ।

शुक्रवार विहान ओली बालुवाटारमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी भए । दिउसो १२ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकका आयोजित एक वित्तिय व्यवस्थापन सम्वन्धि कार्यक्रममा ओली पुगे । त्यो कार्यक्रम सकेर करिव २ बजे पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनको लागि गए ।

यस्तै गरी दिउसो ४ बजे प्रधानमन्त्री ओली होटल र्याडीसनमा आयोजित एक कार्यक्रममा सहभागी भए । त्यतिमात्र कहाँ हो र ? साँझ होटल सोल्टीमा आयोजित एमाले निकट साप्ताहिक पत्रिका दृष्टिको अनलाईन न्युज पोर्टल उद्घाटनमा समेत प्रधानमन्त्री सहभागी भए ।

शुक्रवारका कुनै पनि कार्यक्रमहरु प्रधानमन्त्री सहभागी हुनै पर्ने किसिमका छैनन् । झनै अनुत्पादक कार्यक्रममा समय खर्च गर्दा शारिरीकरुपमा समेत अशक्त रहेका प्रधानमन्त्री ओलीले आफैले गरेका वाचाहरु कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने निश्चित छ ।

नेपालका सरकारी पदाधिकारीदेखि नेताहरु सामान्य कार्यक्रममा समेत सहभागी भएर आफ्नै मर्यादा बिर्सेको नया त होईन तर मुलुकको साच्चिकै परिवर्तन गर्छु भनेर अघि सरेका प्रधानमन्त्री ओली आफै सानातिना कार्यक्रममा बरादिला त्यसले सकरात्मक संकेत दिदैन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV