२१ जेष्ठ २०७३, शुक्रबार

नेपालका लागि आधिकारी बिक्रेता रहेको फ्रेु फुड ट्रेडर्स कम्पनीले कोब्राम इस्टेट ओलिभ तेल साउथ एसियामै पहिलो पटक नेपालबाट विक्री वितरण सुरु गर्न बजारमा सार्वजनिक गरेको छ ।

अष्टेलियाको सबैभन्दा प्रख्यात ओलिभ आयल ब्राण्ड इस्टेटको ओलिभ तेल नेपाल बजारमा ल्याएको छ । यो ब्राण्डको ओलिभ तेल पहिलो पटक नेपाल बजारमा भित्रिएको हो ।

यो तेल विशेष गरी खाना पकाउन, शरीरको मसाज गर्न र खानाको परिकारसँगै खानाका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो ब्राण्डको तेल अन्तर्गत लाईट फ्लेबर, क्लासिक फ्लेबर र रोबस्छ फ्लेबरमा बजारमा अरिद गर्ने सकिन्छ । यो तेल विशेषगरी स्वास्थ्यको दृष्टिले निकै लाभदायी रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ३७५ मिलिलिटर र ७५० मिलिलिटरमा यो तेल पाउने र यसको उपभोक्ता मूल्य क्रमश ९१० नेपाली रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV