२१ जेष्ठ २०७३, शुक्रबार

 

ढाका, बङ्गलादेशको राजधानी ढाकाबाट १९७ किलोमिटर उत्तरपश्चिममा पर्ने बोग्रा जिल्लामा बस र ट्रक एक आपसमा ठोक्किँदा शुक्रबार विहान भएको दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

सो दुर्घटनामा अन्य २५ जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार विहान ६ बजे भएको यस दुर्घटनामा ८ व्यक्तिको दुर्घटना स्थलमै मृत्यु भएको र अन्य दुईको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनाको कारण तत्काल पत्ता नलागेको र अनुसन्धानरत रहेको जनाइएको छ । रासस÷एएफपी

 

LIVE TV