२१ जेष्ठ २०७३, शुक्रबार

राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले सरकार पटक पटक फेरिरहदा राजनैतिक दलहरु माथि मात्र नभई संविधान प्रति नै अविश्वास जन्मिने प्रष्ट पार्नु भएको छ । उहाँले वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्नुको कुनै औचित्य नभएको जिकिर समेत गर्नुभएको छ ।

शुक्रवार विराटनगरमा संचारकर्मीहरुसंग उपप्रधानमंत्री थापाले संविधान जारी भएपछि मुलुकमा शान्ति र स्थिरता कायम हुने जनताको विश्वास कायम गर्न पनि सरकार परिवर्तनको खेलमा नलाग्न प्रमुख राजनैतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिले मुलुकमा सरकारको नेतृत्व परिर्वतन गर्न कुनै किसिमको धरातलीय संकट नआएको भन्दै सरकारको नेतृत्व परिवर्तन नहुने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा उपप्रधानमंत्री थापाले आप्mनो कारणले बार्ता प्रकृयामा अवरोध आएको हो भने आफुले चाडै नै मधेसवादी दलहरु संग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनैतिक समितिको अध्यक्षबाट राजीनामा दिने जानकारी दिनुभयो । उहाँले आफ्नो कारण वार्तामा विलम्ब भएको भन्ने गुनासो आएपछि प्रधानमंत्री संग भेटेर राजीनामा दिएर मार्ग प्रसस्त गर्ने बताउनु भयो ।

उपप्रधानमन्त्री थापाले राजनैतिक दलहरु संगको समझदारीमा स्थानीय निकायको निर्वाचन गराउने सरकारले तयारी गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय निकाय निर्वाचनका लागि दुई वटा ऐनमा संशोधन गर्न लागिएको पनि बताउनु भयो ।

 

LIVE TV