२१ जेष्ठ २०७३, शुक्रबार

वातावरण जोगाउने उदेश्यले मुलुकमा सुरु गरिएको राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रम लक्ष्य भन्दा बाहिर जान थालेको छ ।

विशेषत दाङमा यस्को जिम्मेवारी पाएका सरकारी कार्यालयहरुले लक्ष्य विपरितका कार्यहरुलाई बढावा दिएका छन् ।

सरकारी विषयगत कार्यालय मार्फत र संरक्षण कार्यालयमार्फत यो कार्यक्रम दाङमा पनि लागु भएको छ । विषयगत कार्यालयले योजना अनुसार कार्यक्रम सम्पन्न गरे पनि सरकारी कार्यालयले भने अर्काे वाटो समातेका छन ।

कुनै  कार्यालयले संरक्षणमुखी कार्यक्रम अघि सारेका छन भने केहीले संरक्षण नभई विनासमुखी कार्य अघि सारेका छन । दाङमा पनि चुरे संरक्षण कार्यक्रम पाएका कार्यालयको संरक्षणमा र स्थानीय निकायको आडमा दोहन भइरहेका छ । कार्यक्रमले बन्देज गरेको स्थानमा समेत अहिले मिलेमतोमा नदीजन्य, वनजन्य सामग्रीको उत्खनन र निकासी वढिरहेका छ । त्यसलाई राज्यले रोक्न समेत सकेको छैन ।

स्थानीय निकाय तथा प्रहरी प्रशानसनको मिलेमतो र आडमा दोहन वढिरहेका छ । माथिबाट संरक्षण र तलबाट दोहन भइरहेको सरोकारवालाहरुले वताउने गरेका छन ।

सरकारी निकायहरुकै दोहरीले अहिले संरक्षण गर्ने स्थान दोहनको उद्गम थलो बनेको छ भने संरक्षण भएको स्थान समेत संकटमा परेको छ । चुरे संरक्षण कार्यक्रमको वारेमा जानकारी दिन जिल्ला भूसंरक्षण कार्यालय दाङका प्रमुख शरदबाबु पंगेनीले कार्यालयले पाएको योजना समयमै समपन्न गरिसकेको वताउनुभयो । उहाँले कार्यालयमा १ करोड १४ लाखको योजना आएको र त्यसको लक्ष्य पूरा भएको वताउनुभयो ।

दाङमा कृषि,बन,पशु भुसंरक्षण कार्यालयले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्दे आएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV