२१ जेष्ठ २०७३, शुक्रबार

एजेन्सी– भारतको आसाम राज्य विधानसभाका सदस्य गणेशकुमार लिम्बुले नेपाली भाषामा सपथ लिएका छन् ।

केही दिनअघि सम्पन्न विधानसभा निर्वाचनमा विजयी भएपछि सपथ लिने क्रममा लिम्बु लगायतका विधानसभा सदस्यहरुले आफ्नै मातृभषामा सपथ लिएका हुन् ।

उनीसँगै विधानसभा सदस्य एवम् आसाममा चर्चित नायिकाको रुपमा स्थापित अंगुरलत्ता देत्ताले पनि संस्कृत भाषामा सपथ लिएकी छन् ।

उनीहरु लगायत करिब १ सय २० जना विधानसभा सदस्यहरुले समेत आ–आफ्नै मातृभाषामा सपथ लिएको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

नेपाली मूलका लिम्बुले आफु आसामको विधानसभा सदस्य भएपनि आफ्नै मातृभाषामा सपथ लिन चाहेको स्पष्टीकरण दिएका छन् ।

लिम्बु र देत्ता दुवै भारतीय जनता पार्टीको तर्फबाट विजयी विधानसभा सदस्यहरु हुन् ।

आसाम विधानसभामा जम्मा १ सय २६ सिट रहेकोमा भारतीय जनता पार्टीले ८६ सिटमा विजयी हाँसिल गरेर बहुमतको स्थान सुरक्षित राखेको छ ।

पछिल्ला वर्ष सबैतिर भाषागत मान्यता र पहिचानको मुद्धामा ब्यापक बहस भइरहेको बेला लिम्बु लगायतका विधानसभा सदस्यहरुले मातृभाषामा सपथ लिएका हुन् ।

 

LIVE TV