२१ जेष्ठ २०७३, शुक्रबार

रोहीत अधिकारीको निर्माणमा हेम राज बिसिले निर्देशन गरेका फिल्म ‘गाजलु’ को होलीवाला गीत रीलीज भएको छ । रङ रङ्ग होली… बोलको गीत गीत रीलीज भएको हो । उक्त रीलीज गीतमा फिल्मका लीड कलाकारहरु अनमोल,गौरब,सलोन, श्रृष्टी, मेनुका प्रधान लगाएतका कलाकारहरु फिचरीङमा रहेका छन् । रीलीज गीतमा सबै कलाकारहरु रमाईरहेका दृष्यमा देख्न सकिन्छ, तर श्रृष्टि भने अप्ठ्यारो हमशुस गरीरहेकी दृष्यमा देख्न सकिन्छ । सायद उक्त फिल्ममा उनले कुमारीको रोलमा अभिनय गरेकी हुनाले गीतमा पनि त्यस्तै दृष्यमा देखाइएको अनुमान गर्न सकिन्छ ।

asefs
रङ रङ्ग होली बोलको गीत रीलीज पुर्व अनमोल र श्रृष्टी अभिनीत गीतहरुमात्र रीलीज गरीएको थियो । तर यस पटक भने फिल्मका सबै लीड कलाकारहरुलाइ गीतमा एकै साथ प्रस्तुत गरीएको छ । उक्त गीतलाई बिशेन्श पाण्डेको एरेञ्जमा शिवानी मोक्तानले स्वरबद्ध गरेकी हुन् । तेस्तै जैन जे को शब्द तथा संगीत उक्त गीतमा समाबेश गरीएको छ ।
फिल्मको केहि दिन पहिले मात्रै लण्डनमा गरिएको वल्र्ड प्रिमियरबाट फिल्मले निकै राम्रो तारिफ पनि पाएको छ । पुर्व मिस नेपाल सृष्टि जोडिएकै कारण पनि फिल्म चर्चामा छ, भने पुर्व कुमारीको कथा उठाएको कारण पनि धेरैको कौतुहलताको विषय बनेको छ ।

klh
फिल्ममा गौरी मल्ल,अनमोल केसि,सलोन बस्नेत,गौरब पहारी,श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान लगाएत कलाकारहरुको अभिनय रहेको छ । यहि जेष्ठको २८ बाट फिल्म गाजलु सबै दर्शक माझ प्रदर्शनमा आउँदैछ ।

LIVE TV