२१ जेष्ठ २०७३, शुक्रबार

यो साता बाट दुई फिल्महरु ‘कालो पोथी’ र ‘छेस्को’ दर्शक माझ प्रदर्शनमा आएका छन् । फिल्म ‘कालो पोथी’लाई अन्ना काच्को,छिरीङ रीतार शेर्पा, देबीका राई,क्याथरीन् दुसार्ट,मिन बहादुर भामको निर्माणमा मिन बहादुर भामले निर्देशन गरेका हुन् । उक्त फिल्मको कथा पनि फिल्मका निर्देशक भामका साथै कुसाङ राई,अबिनाश बिक्रम शाह र सन्तोष भट्टराईले लेखेका हुन् ।

asdfs
फिल्म कालो पोथीले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबहरुमा सहभागी जनाएर बिभिन्न अवार्डहरु पनि जीतीसकेको छ । ‘कालो पोथी’फिल्मले ७२ औं भेनीस क्रिटिक्स वीक अवार्ड पनि जितेको थियो । फिल्मले मुगु जील्ला बासीहरुले १० वर्षे जनयुद्धको बेलामा भोगेका समस्याहरुलाई पर्दामा प्रस्तुत गरेको छ ।
केही दिन अघिनै उक्त फिल्मका निर्माण पक्षले कुमारी हलमा प्रिमियर पनि गरेका थिए । उक्त प्रिमीयरमा केही बिदेशी कलाकारहरुका साथै नेपाली फिल्म कर्मीहरुले बाक्लो उपस्थीती जनाएका थिए । प्रिमीयर हेरीसकेपछि अतिथीहरुले फिल्म निकै राम्रो भएको प्रतिक्रीया पनि दिए ।
फिल्ममा संगीत जसोन कुँवारले दिएका छन् । फिल्ममा बेनिशा हमाल, खड्ग राज नेपाली,शुक्र राज रोकाय, बिपीन कार्की,जीत बहादुर मल्ल,नन्द प्रसाद खत्री,हन्सा खड्का, प्रबीण खतीवडा लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
यसै साता बाट फिल्म ‘छेस्को’पनि दर्शक माझ प्रदर्शनमा आएको छ । फिल्मलाई एस.पि.मुभि मेकर्स र रीच ईन्टरटेन्मेन्टको ब्यानरमा सुरज प्रधानले निर्माण गरेका हुन् । फिल्म एक मनोरञ्जनात्मक र सन्देश मुलक रहेको निर्माण पक्षले बताएका छन् ।
उक्त फिल्ममा करण श्रेष्ठ क्रेजी,अर्चना पनेरु र राजन कार्की मुख्य भुमिकामा रहेका छन् । यसै फिल्म ‘छेस्को’बाट कलाकारहरु राजन कार्की र अर्चना पनेरु पनि फिल्म ईन्डष्ट्रीमा प्रबेश गरेका छन् ।

Housefull-3-First-Look-Poster
त्यस्तै यसै साता बाट अक्षय कुमारको कमेडी फिल्म ‘हाउस फुल ३’ पनि दर्शक सामु प्रदर्शनमा आएको छ । फिल्मलाई इरोस इन्टरनेशनल र नाडिएडवाला इन्टरटेन्मेन्टको ब्यानरमा साजीत नाडिएडवालाले निर्माण गरेका हुन् । फिल्मको निर्देशकको रुपमा सातीत वान र फर्हाद रहेका छन् ।
अक्षेय कुमार,अभिषेक बच्चन,रीतेश देश्मुख,ज्याकलीन फर्नान्डेज लगाएत कलाकारहरुले फिल्ममा मुख्य भुमिकामा अभिनय गरेका छन् ।

rgt
यसै साता बाट हलीउड फिल्महरु ‘मि बिफोर यु’,‘पपस्टार’ र ‘टिनएज मुटान्ट निन्जा टर्टलस्’ पनि दर्शक सामु प्रदर्शनमा आएका छन् । फिल्म ‘मि बिफोर यु’ फिल्मलाई रोमान्स जन्र्मा राखीएको छ । फिल्ममा ईमिलीया क्लेर्क र साम क्लाफ्लिन लीड रोलमा अभिनय गरेका छन् ।
त्यस्तै अर्को हलीउड फिल्म ‘पपस्टार’ पनि प्रदर्शनमा आएको छ । फिल्मलाई आकीभा स्काफर र जोर्मा ट्याकोनले निर्देशन गरेका हुन् । फिल्मलाइ कमेडी जन्र्मा राखीएको छ ।
त्यस्तै एक्शन फिल्म ‘टिनएज मुटान्ट निन्जा टर्टलस् ः आउट अफ द स्याडोज’ पनि दर्शक माझ प्रदर्शनमा आएको छ ।

LIVE TV