२१ जेष्ठ २०७३, शुक्रबार

chauपाँचथर । जङ्गली च्याउ खाएर पाँचथरमा थप एकको मृत्यु भएको छ भने मृत्यु हुनेमा पाँचथर जिल्लाको आङना–१ बस्ने ३६ वर्षीय वीरेन्द्र माङलाक रहेका छन् ।

उनी जङ्गली च्याउ खाएर गत जेठ १० गते बिरामी भएका थिए । उनको उपचारका लागि धरानको घोपा लगिएको थियो । धरानमा आइसियुको अभावमा उपचार हुन नसकेपछि दमकको आम्दा अस्पतालमा आइसियुमा राख्नका लागि ल्याउँदै गर्दा बाटोमा नै गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसँगै पाँचथरका विभिन्न ठाउँमा च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । अन्य विरामी सातजनाको पूर्वका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

LIVE TV