२१ जेष्ठ २०७३, शुक्रबार

Bishnu-poudel-1काठमाडौं । व्यवस्थापिका संसदमा सोमबार सुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आज सकिँदै छ ।

बजेटमाथी बिहीबारसम्म १ सय ५० सांसद छलफलमा सहभागी भइसकेका छन् । केही सांसद, शीर्ष नेताले मन्तव्य राखेपछि सांसदहरुले राखेका प्रश्नको जवाफ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिने कार्यक्रम रहेको छ ।

छलफलका क्रममा सत्तापक्षका सांसद बजेटको समर्थन गर्दै त्यसको प्रतिरक्षामा उत्रिए पनि प्रमुख प्रतिपक्षी र सत्तारुढ दलकै केहीले भने बजेटको आलोचना गरे ।

आइतबार सुरु हुनपर्ने बजेट छलफल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सोमबारदेखि मात्र भएको थियो ।
बिहीबारको बैठकमा पनि बजेटमाथि समर्थन र बिरोध चल्यो ।

कांग्रेसका डा. प्रकाशशरण महत, गगनकुमार थापा, महेन्द्र यादवलगायतले बजेटको चर्को आलोचना गरेका थिए । सत्तापक्षका तर्फबाट गोकर्ण विष्टले भने बजेटको बचाउ गरेका थिए ।

LIVE TV