२१ जेष्ठ २०७३, शुक्रबार

Corpse

जाजरकोट । जाजरकोट खगेनकोट गाविस–६ का २७ वर्षीय हरिबहादुर नेपालीको मृत्यु भएको छ । बिहीबार दिउँसो सडकको काम गर्दैगर्दा एक्कासि कामको चापले पेट दुखेपछि बिरामी भएका थिए ।

बिरामीलाई उपचारका लागि कुरदारस्थित अस्पतालमा भर्ना गरी उपचार गर्दागर्दै रगत उल्टी गरी करिब ४ बजे मृत्यु भएको हरिबहादुरको साथमा रहेका जनक नेपालीले बताउनुभयो ।

हरिबहादुर चैत २३ गते भारत गएका थिए । उनका दुई छोरी, एक श्रीमती र आमा रहेका छन् । कमाई गरी घर फर्कने तयारी गरेको एक हप्ताभित्र हरिको मृत्युले सिङ्गो गाउँ शोकमा डुबेको छ । कमाई गरेर सबै परिवारलाई पाल्ने उनकै जिम्मा थियो ।

LIVE TV