२१ जेष्ठ २०७३, शुक्रबार

वीरगन्ज। नेपालका लागि श्रीलङ्काका राजदूत डब्लुएम सेनेविरत्नाले वीरगन्ज उपमहानगरपालिका—१८ भिस्वास्थित बौद्ध चैत्यको विहिबार स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।
hqdefault
अवलोकन भ्रमणका क्रममा भिस्वा बौद्ध चैत्यका पुजारी, भिक्षु, स्थानीय उद्योगी–व्यवसायी, समाजसेवी र नागरिक समाजका अगुवाले उहा“लाई फूल, माला र खादा ओढाएर स्वागत गरेका थिए ।

सो अवसरमा राजदूत सेनेविरत्नाले शान्तिका अग्रदूत भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र नेपालभरि छरिएर रहेका बौद्ध गुम्बा, चैत्य र विहारको संरक्षण एवम् संवद्र्धन गरी त्यस्ता बौद्ध स्थललाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउ“दै भिस्वास्थित यो बौद्ध चैत्यको व्यवस्थित विकासका लागि समाजका सबै पक्ष लाग्नुपर्ने सुझाव दिनुभयो ।

आफ्नो देश श्रीलङ्काबाट बर्सेनि ४६ हजार पर्यटक नेपाल आउने गरेको बताउ“दै उहा“ले भन्नुभयो, “नेपालमा रहेका बौद्ध स्थलको संरक्षण, संवद्र्धन, व्यवस्थित विकास र प्रचारप्रसार गर्न सके विश्वका सबै बौद्ध धर्मावलम्बीका लागि नेपाल प्रमुख गन्तव्यका रुपमा विकसित हुनेछ ।

प्राचीनकालमा बौद्ध भिक्षुको बासस्थान भएको यो स्थानलाई भिक्षुबास भनियो र कालान्तरमा भिक्षुबास भन्ने नाम भिस्वामा रुपान्तरण भएको जनविश्वास छ । रासस
––––––

प्रतिक्रिया दिनुहोस्
LIVE TV