

युरो कप फुटबललाई मध्यनगर गर्दै पोर्चुगलका प्रशिक्षकले रोनाल्डो र पेपेलाई आराम आवश्यक भएको भन्दै खेलाएका थिएनन्। खेलमा पोर्चुगलले इंग्ल्याण्डलाई दबाबमा राखेको थियो।
तर खेलको खेलको ३५ औँ मिनेटमा बु्रनो अल्भेसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इंग्ल्याण्डले खेलको अन्तिम समयतिर गोल गरेको थियो। इंग्ल्याण्डका लागि खेलको ८६ औँ मिनेटमा क्रिस स्माइलिङले गरेको गोल नै निर्णायक बन्यो।