
सिन्धुपाल्चोक केन्द्रविन्दु ४.४ रिक्टर स्केलको परकम्प गएको छ । बिहान ५ः१० मा सिन्धुपाल्चोक केन्द्र भई सो परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका सो भूकम्पका ४६० वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभएको छ ।