२१ जेष्ठ २०७३, शुक्रबार

Rudra-singh-tamangसामान्यतः नोकरी सुरु गरेको अवधीदेखि पाँचौं तह पुग्न १० वा १५ वर्ष लाग्छ । तर, काठमाडौं महानगरपालिका कार्यकारी रुद्रसिंह तामाङले प्रथम तहमा रहेका २८ सवारी चालकलाई रातारात पाँचौ तहको नियुक्ति दिएका छन् ।

पाँचौ तहको स्तरवृद्वि गरी उनले ६६ लाख रुपैयाँ भुक्तानी गरेको खुलेको छ । २०६४ मा नियुक्त भएका चालकको निमयसंगत तलब, भत्ता वृद्वि नगरी १० वर्ष कनिष्ठ चालकलाई रातारात स्तरवृद्वि पत्र थमाई उक्त रकम निकासा भएको हो ।

पुराना चालकले कानुनविपरीत स्तरवृद्वि गरेको भन्दै त्यसविरुद्व कार्यकारीसमक्ष निवेदन दर्ता गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

LIVE TV