२१ जेष्ठ २०७३, शुक्रबार

diesel-power-plantदस वर्षमा दस हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने बजेट मार्फत नै घोषणा गरेको सरकारले डिजेल प्लान्ट ल्याउन तयारी सुरु गरेको छ ।करिब ८० मेगावाट बराबरको डिजेल प्लान्ट ल्याउने तयारीका लागि नेपाल विद्युत् प्राधिकरणको उत्पादनका उपकार्यकारी निर्देशक शेरसिंह भाटको संयोजकत्वमा समिति गठन गरेर धमाधम काम भइरहेको अाजको अन्नपूर्णमा समाचार छ ।

जेठ पहिलो साता गठित समितिमा योजना र वितरण तथा ग्राहक सेवाका उपकार्यकारीद्वय राजीव शर्मा र गोपालबाबु भट्टराई छन् । स्रोतका अनुसार संयोजक भाटले ‘प्रेसर छ, छिटौ सकौं’ भन्दै सहकर्मीहरूलाई भन्दै आएका छन् । डिजेल प्लान्ट भित्र्याउन मिल्नेगरी प्रतिवेदन लेख्न शर्मा र भट्टराई त्यति उत्साहित छैनन् । भाटकै पहलमा प्राधिकरणले ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाको बिजुली डलरमा खरिद गर्ने सम्झौता गरेको थियो ।

‘छोटो समयमा आपूर्ति गर्न सकिने’ विकल्प अध्ययन गरी प्राधिकरण व्यवस्थापनलाई बुझाउनुपर्ने कार्यादेश दिइएको छ । स्रोतका अनुसार उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको मौखिक आदेशमार्फत प्राधिकरण व्यवस्थापनले उक्त समिति गठन गरेको हो । प्राधिकरणका अध्यक्ष ऊर्जा सचिव भए पनि मन्त्री रायमाझीले अलिखित र अनौपचारिक निर्देशन दिँदै आएका छन् ।

सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट वक्तव्य र मन्त्रिपरिषद्ले पारित गरेको ‘ऊर्जा विकास दशकसम्बन्धी कार्ययोजना’ मा डिजेल प्लान्टबाट बिजुली उत्पादन गर्ने उल्लेख छैन । मन्त्रिपरिषद्ले गत फागुन ६ गते जलविद्युत् विकास दशक र १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने अवधारणापत्र स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV