२१ जेष्ठ २०७३, शुक्रबार

umlसत्तारुढ दल नेकपा एमालेले सबै भातृ संगठनसहित पार्टी कमिटी संघीय संरचनाअनुसार गठन गर्ने गहकार्य अघि बढाएको छ ।

संविधानको कार्यान्वयनमा दृढताका साथ उभिएको एमालेले संविधानकै व्यवस्थाअनुसार आफ्नो सांगठनिक संरचनासहित भातृ संगठनहरुलाई समेत सोहीअनुसार अघि बढाउने गरी गृहकार्य अघि बढाएको आजको राजधानी दैनिकमा समाचार छ ।

एमालेले केन्द्रीय कमिटी बैठकबाटै पार्टीलाई संघीय संरचनाअनुसार प्रादेशिक कमिटी निर्माण गर्ने निर्णय गरिसकेको छ । जसका लागि पार्टीको विधान संशोधन गरी प्रदेशस्तरको कमिटी गठन  गर्ने तयारीमा एमाले रहको छ ।

एमाले सचिव एवं मोर्चा संगठन विभाग प्रमुख गोकर्ण विष्टका अनुसार संविधानमा भएको व्यवस्थाअनुसार पार्टी र भा्रतृसंगठनका कमिटी संघीय संरचनाअनुसार गठन गर्ने निर्णय भइसकेको छ, सोही अनुसार आफ्ना कमिटी निर्माण गर्न निर्देशन दिएको उनले बताए ।

LIVE TV