२० जेष्ठ २०७३, बिहीबार

नेपालगन्ज, जेठ । नेपालगन्जको राँझा–जमुनाहा साढे दश किमी चार लेन सडक निर्माण अत्यन्त गुणस्तरहीन भएको विरोधमा नागरिकस्तरबाट चर्को विरोध तथा शान्तिपूर्ण सडक आन्दोलन भइरहेकामा गए राति निर्माण संघको एस्काभेटरमा आगजनी गरिएको छ ।

fire
एसियाली विकास बैंकको रु ७३ करोडको ऋण सहयोगमा नेपाल सरकारले पप्पु निर्माण कंलाई निर्माणको जिम्मा दिएको सो सडक र त्यससँग जोडिएको सतही नाला अत्यन्त गुणस्तर भएको भनी दुई महिनादेखि यहाँ विभिन्न चरणको आन्दोलन र विरोधको कार्यक्रम भइरहेको छ ।
राष्ट्रिय युवा जनस्वयम्सेवक सङ्गठनले नेपालगन्ज–१३ आदर्शनगरस्थित ठेकेदार कंको अस्थायी कार्यालयमा राखिएको स्काभेटरमा आगजनी गरेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताउनुभयो । रासस

 

LIVE TV