२० जेष्ठ २०७३, बिहीबार

dip

भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले बिरोध नै राष्ट्रबादको आधार हुन नसक्ने बताउँनुभएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यायले बिरोध गरेर मात्र स्वाभिमान नबन्ने उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई संकेत गर्दै केही नेतृत्वमा रहेको कोरा राष्ट्रवादका कारण जनताले दुखः पाएको दाबी गर्नुभयो । राष्ट्रबाद र स्वाभिमान खदिलो हुनुपर्ने बताउदै उहाँले यथार्थ धरातलमा सबैले बुझन सक्नेगरी राष्ट्रियता र राष्ट्रबादका पक्षमा अगाडि बढनुपर्ने बताउँनुभयो ।

संबिधानसभाले संबिधान जारी गरेपछि राष्ट्रिय स्वार्थ, परराष्ट्रनीति परिभाषित हुनुपर्नेमा उहाँको जोड थियो । संविधान कार्यान्वयन गर्नुपर्ने जटिल अवस्थामा कोही मन्त्री र प्रधानमन्त्री हुदैमा व्यक्तिगत सोचकै आधारमा परराष्ट्रनीति र राष्ट्रिय नीति परिर्वतन हुननसक्ने उहाँको तर्क थियो ।

LIVE TV