२० जेष्ठ २०७३, बिहीबार

औषधि उत्पादन जनताको स्वास्थ्य र जीवनसितै जोडिएको विषय हो । र, बजेटको प्राथमिकतामा स्वदेशी औषधि उद्योगलाइ प्रोत्साहन गर्ने कुरा स्वागत योग्य भएको औषधि उत्पादक संघको भनाई छ ।

यद्यपी औषधिको मूल्यको सीमा निर्धारण भन्सार, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क छूट  उद्योगको अनुसन्धान र विकासका लागि आवश्यक उपकरणमा पनि यस्तो सहुलियत दिनुपर्ने उद्यमीहरुको भनाई छ  ।

औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले स्वदेशी उत्पादकलाई प्रोत्साहन गर्ने आशयको बजेटलाई सकारात्मक रुपमा लिएको बताउनु भयो ।

यद्यपी सरकारले निशुल्क वितरण गर्ने औषधि स्वदेशी कम्पनीसँग खरिद गर्ने बजेटमा उल्लेख भएपनि त्यसको कार्यान्वयनको मोडल भने नआएको उत्पादक संघको भनाइ छ ।

बजेट पूर्व औषधि उत्पादकलाई आवश्यक पर्ने नयाँ उपकरणहरुमा भन्सार छुट गर्नुपर्ने सुझाव दिइएपनि बजेटमा सो विषय उल्लेख नभएकोप्रति भने संघले गुनासो गरेको छ । बजेटमा सरकारले निशुल्क वितरण गर्ने औषधि स्वदेशी कम्पनीसँग खरिद गर्ने व्यवस्था मिलाउने कार्यक्रम अघि सारेको छ ।

नेपाली उत्पादनले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेकोले सरकारले उत्पादन बढाउनका लागि प्रोत्साहन गर्नु पर्नेमा उद्योगीहरुले जोड दिएका छन् औषधिको मूल्यको सीमा निर्धारण औषधि उत्पादक सङ्घ संस्थासितको समन्वयमा मात्र गर्ने नीतिगत व्यवस्था हुनुपर्छ पर्ने  स्वदेशी उद्योगले विदेशी उद्योगसित मूल्यका आधारमा प्रतिस्पर्धा गर्न नसक्ने तथ्यलाई ध्यानमा राखिनु पर्नेमा उद्यमीहरुले जोड दिएका छन् ।

आर्थिक बर्ष २०७३ ७४ को बजेटमा सरकारले आयुर्वेदिक औषधिको गुणस्तरमा सुधार गर्न सिंहदरबार वैद्यखानाको औषधि उत्पादनमा जिएमपी प्रक्रिया अवलम्बन गरिने देखि  निस्शुल्क उपलब्ध गरिने औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV