२० जेष्ठ २०७३, बिहीबार

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दशक समाजवादी क्रान्तिको दशक हुने बताउनुभएको छ ।

माओवादी केन्द्र प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसले नेपाली जनतालाई सम्पन्न र सबल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विगतमा भएका कमजोरी मुख्य नेतृत्वको हिसाबले आफूले जिम्मा लिँदै नेतृत्वबाट सच्चाउँदै अगाडि बढ्ने प्रण गर्नुभयो । माओवादी एकता नेपाली क्रान्तिलाई पूर्णता दिँदै विश्व क्रान्तिलाई सेवा गर्ने उद्देश्यका साथ भएको स्पष्ट पार्दै उहाँले पार्टी एकताले जनता, सहिद परिवार, बेपत्ता परिवार घाइते योद्धाहरु उत्साहित र विश्वभरिका क्रान्तिकारी खुसी भएको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले क्रान्तिकारी फुट्न मात्रै होइन जुट्न पनि जानेका छन् भन्ने कुरा माओवादी एकताले पुष्टि गरेको छ भन्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV