२० जेष्ठ २०७३, बिहीबार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको वरियतामा दुई स्थान घटुवा हुदै नेपाल १ सय ८२ औ स्थानमा पुगेको हो । गत महिना नेपाल १ सय ८० औ स्थानमा रहेको थियो । नयाँ बरियतामा दक्षिण एसियामा शीर्ष स्थानमा रहेको अफगानिस्तान १ सय ५६ औ स्थानमा छ । अफगानिस्तान नौ स्थान तल झरेको छ ।

भारत एक स्थान तल झरेपनि वरियतामा भने एक स्थान माथि उक्लेको छ र भारत एक सय १६३ अक छ । गत महिना एसियाको दोस्रो स्थानमा रहेको माल्द्धिभ्स १४ स्थान तल झर्दै अहिले तेस्रो स्थानमा रहेको छ । यता ३ स्थान तल झरेको बंगलादेश एक सय ८१ औ स्थानमा रहि दक्षिण एसियाली बरीयतामा भने समान चौथो स्थानमा नै रहेको छ ।

नेपाल दक्षिण एसियामा भने नेपाल एक सय ८२ अक सहित पाँचौ स्थानमा नै यथावत रहेको छ । दक्षिण एसियामा नेपाल भन्दा पछि रहेका भुटान १ सय ८८ औ, श्रीलंका १ सय ८९ औ र पाकिस्तान १ सय ९२ औ स्थानमा छन् । यी तिनै राष्ट्रहरु यो पटक समान दुई स्थानले तल झरेका हुन् । उता नयाँ वरियतामा अर्जेन्टिना यथावत शर्षि स्थानमा रहदा, बेल्जियम पनि दोस्रो स्थानमा यथावत रहेको छ ।

एक एक स्थान माथि उक्लिएका कोलम्विया र जर्मनी तालिकाको तेस्रो र चौथो स्थानमा रहेको छ । गत महिना तेस्रो स्थानमा रहेको चिली यो पटक पाचौ स्थानमा घटुवा भएको छ । तालिकाको पुछारमा भने टोङगा, सोमालिया, ईरिट्रिया, जिबुटी, बहमास, एन्गुईला अन्तिम दुई सय चार स्थानमा छन् ।

फिफाले प्रत्येक महिना उसका दुई सय नौ राष्ट्र सदस्यहरुबीचको बरियता सार्वजनिक गर्ने गर्छ ।

 

LIVE TV