२० जेष्ठ २०७३, बिहीबार

बिहीवार नेप्से परिसुचक ५ दशमलव ४४ अंकले ओरालो लागेको छ । साताको अन्तिम दिन सेयर बजार १ हजार ५ सय १८ दशमलव १२ अंकमा झरेर बन्द भएको छ ।

बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

बिहीबार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ७१ दशमलव ७६ अंकले घटेको छ । सो दिन बीमा समुह ७१ दशमलव ७६,विकास बैंक ६ दशमलव ८१ र फाइनान्स समुह ५ दशमलव ४६ अंक्ले घटेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ३ दशमलव ७२ अंकले ओरालो लागेको छ । यता होटल२६ दशमलव ७९, उत्पादनमा ५ दशमलव १९ र अन्य समुहको परिसुचक २ दशमलव ३५ अंकले बढेको छ ।

बिहीबार  १ सय २८ कम्पनी कारोवारमा आउँदा कम्पनीको १४ लाख कित्ता सेयरबाट १ अर्व ४ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV