२० जेष्ठ २०७३, बिहीबार

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको बजेटबाट जनजनमा खुशी छाएको जिकिर गर्नु भएको छ ।

बजेटको पूर्ण कार्यन्यवनले नै सीमान्तकृत समुदायको उत्थानका साथै मुलुक आर्थिक रुपान्तरणको गतिमा अगाडि बढने बताउनु भयो ।

प्रेस चौतारी नेपाल ,पर्साले बिहीबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अबको आवश्यकता  सकारात्मक सोंचका साथ विकासको लागि राजनीति गर्नु पर्ने बताउनु भयो ।

राजनैतिक दलभित्रको लडाई तथा एक अर्को दलबीचको राजनीतिक किचलोको अन्त्य गरी लोकतान्त्रिक राजनीतिक संस्कारको विकास गरी सबै दल अगाडि बढनु पर्ने आवश्यकता रहेको बताए ।

नेता नेपालले नेपाली कांग्रेस र मधेशवादी मोर्चालाई सहमतीय सरकारमा आउनु आग्रह समेत गर्नुभयो ।

LIVE TV