२० जेष्ठ २०७३, बिहीबार

 

सोमालियाको राजधानी मोगादिशु एक होटलमा बन्दुकधारीको आक्रमणमा परि कम्तिमा १० जनाको ज्यान गएको छ । ५० जना भन्दा धेरै घाइते भएका छन् ।

आक्रमणकारीले मोगादिशुको मध्येभागमा रहेको एमबासडर होटलको गेटमा कार बम विस्फोट गराएपछि होटलमा पसेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि आक्रमणकारी अन्धाधुन्ध गोली चलाएका थिए ।

बिस्फोट तथा गोली लागेर ज्यान जानेमा दुई जना सांसद पनि रहेको सोमालियाको सरकारी समाचार संस्थाले जनाएको छ । बिद्रोही समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

अल–शबाबले नेता तथा सरकारी अधिकारी बढी जाने होटललाई लक्षित गरी बिस्फोट गराएको हो । बिस्फोटका कारण भवनपनि क्षतिग्रस्त भएको छ ।

सोमालियामा अल–शबाबले संयुक्त राष्ट्रसंघ समर्थित सरकारसँग संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV