२० जेष्ठ २०७३, बिहीबार

काठमाडौं, आयोजीत एक प्रेसमिटमा फिल्म ‘रीलेशन’ को जानकारी सार्वजनीक भएको छ । फिल्मका निर्माण पक्षले प्रेसमिटको आयोजना गर्दै फिल्मको टिजर,अडियो भिडियो देखाउनुका साथै जानकारी सार्वजनीक गरेका हुन् । देखाईएको टिजरमा फिल्म एक तेक्वान्डो खेलाडी र खेलको बारेमा आधारीत रहेको छ ।

vlcsnap-2016-06-02-13h24m46s839
फिल्म ‘रीलेशन’को निर्देशकको रुपमा दिपेन्द्र दाहाल रहेका छन् । उक्त पे्रसमिटमा उपस्थित निर्देशक दाहालले फिल्म एक मार्शल आर्ट खेल तेक्वानडो र सन्देश मुलक रहकेको बताएका छन् । साथै उक्त फिल्ममा अमेरीकन तेक्वान्डो र नेपाली तेक्वान्डोको समिश्रण रहेको पनि बताए ।
vlcsnap-2016-06-02-13h26m07s887
फिल्म ‘रीलेशन’को निर्माताको रुपमा दीवाकर महर्जन रहेका छन् । साथै उनले उक्त फिल्ममा लीड कलाकारको रुपमा पनि अभिनय गरेका छन् । फिल्ममा दीवाकर महर्जनको साथै उपेन्द्र तीमल्सीना,गीता अधिकारी,क्रिस्टीना लगाएत कलाकारहरु लीड रोलमा रहेका छन् ।
फिल्म ‘रीलेशन’ खेल सम्बन्धी मात्र नभएर सन्देश मुलक र लभस्टोरीमा आधारीत पनि रहेको छ । अहिले फिल्मका निर्माण पक्षले तिब्र रुपमा आफ्नो पब्लिसिटीलाइ अगाडी ल्याईरहेका छन् । फिल्म यहि असारको १० गते बाट सबै दर्शक माझ प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV