२० जेष्ठ २०७३, बिहीबार

 

160601154101_nepal_civil_servants_640x360_._nocreditकाठमाडौँ । नेपाल निजामती कर्मचारीको बुधबार साँझ सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनको नतिजा आजै आउने भएको छ ।

प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले मतगणना सबै ठाउँको सम्पन्न भए पनि पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।  “६८ जिल्लाको नतिजा आइसकेको छ, प्राविधिक कारणले सिरहा, झापा, चितवन लगायतका स्थानको नतिजा आइसकेको छैन, नतिजा आएपछि आजै नतिजा सार्वजनिक गछौँ ।” काठमाडौँ उपत्यकाको भने मतगणना सकिइसकेको तिमिल्सिनाले बताउनुभयो ।

उहाँले कुन सङ्गठनले कति मत प्राप्त ग¥यो भन्ने बारेमा सम्पूर्ण नतिजा नआइसके पनि प्रारम्भिक सूचनाअनुसार नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन प्रथम, नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) दोस्रो र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती तेस्रो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न मतदानमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदानमा भाग लिएका थिए ।निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।

LIVE TV