२० जेष्ठ २०७३, बिहीबार

download (2)फलेवास (पर्वत)। पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटस्थित बूढाघर बस्ने ६१ वर्षीय वृद्धा रामेश्वरीदेवी पौडेलको चितुवाको आक्रमणबाट गए राति मृत्यु भएको छ ।

गए राति झन्डै १० बजेको समयमा घर नजिकै शौच गर्ने क्रममा चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । चितुवाले उनलाई हानेर भागेको र उनको सोही ठाउँमा पल्टिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

रातको समयमा सुनसान भएकाले चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पताल पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV