
ईन्टरनेशनल फिल्म महोत्सबमा सहभागी भएर केही अवार्डका साथै निकै चर्चा कमाउन सफल फिल्म ‘कालो पोथी’को राजधानी स्थीत कुमारी हलमा प्रिमीयर भयो । ‘कालो पोथी’फिल्मले ७२ औं भेनिस ईन्टरनेशनल फिल्म हमोत्सबमा ‘ईन्टरनेशनल क्रिटिक्स विक’ अवार्ड जितेको थियो । फिल्मका निर्माण पक्षले आफ्ना अतिथीहरुलाई उक्त प्रिमियर गरेका हुन् ।
फिल्मका लीडकलाकारहरु खड्ग राज नेपाली र शुक्रराज रोकायमा उपस्थित भएका सम्पुर्ण दर्शकहरुको ध्यान गएको थियो । फिल्मको उक्त प्रिमियरमा बिदेशी कलाकारहरुका साथै नेपाली कलाकारहरुले बाक्लो उपस्थिती जनाएका थिए । साथै सुचना तथा सञ्चारमन्त्री शेरधन राई पनि प्रिमियरमा सहभागी भए ।
फिल्मले १० वर्षे जनयुद्धलाई पर्दामा देखाएको छ । बिशेष गरी फिल्म मुगु जिल्लाबासीहरुले द्धन्दकालमा भोगेका समस्यममा आधारीत रहेको छ । ‘कालो पोथी’फिल्मका कलाकारहरुको रुपमा बेनीशा हमाल,खड्ग राज नेपाली,शुक्रराज रोकाय,बिपीन कार्की,जीत बहादुर मल्ल,नन्द प्रसाद खत्री,हन्सा खड्का,प्रबिण खतीवडा लगाएत छन् । फिल्मलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् । साथै फिल्मको संबाद तथा पटकथा पनि निर्देशक भाम र अभिनाश बिक्रम शाहीले लेखेका हुन् । फिल्म यसै साता बाट सबै दर्शकहरु सामु पदर्शनमा आउँदैछ ।
फिल्म हेरीसकेपछि सबै दर्शकहरुले फिल्म निकै नै राम्रो भएको प्रतिकृया दिए । फिल्ममा सबै चीज लोकल रहेको निर्माण पक्षले बताएका छन् । साथै फिल्ममा रहेका लीड कलाकारहरु खड्ग राज नेपाली र शुक्रराज रोकायले फिल्ममा गरेका अभिनयले पनि निकै वाहवाही पाए ।