२० जेष्ठ २०७३, बिहीबार

160601154101_nepal_civil_servants_640x360_._nocredit

तम्घास (गुल्मी), । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनमा गुल्मीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले जित हासिल गरेको छ ।

बुधवार सम्पन्न भएको निर्वाचनमा युनियनले २५५ मत प्राप्त गरी जित हासिल गरेको थियो भने नेपाल निजामती कर्मचारी सङ्गठनले १७६ मत प्राप्त गरी दोस्रो भएको छ । निर्वाचनमा राष्ट्रिय कर्मचारी सङ्गठनले भने १६ मत प्राप्त गरेको थियो ।

त्यसैगरी, मधेसी दल निकट मधेसी कर्मचारी मञ्चले नौ र स्वतन्त्र कर्मचारी सङ्गठनले एक मत मात्र प्राप्त गरेको छ । उक्त निर्वाचनमा कुल ४९२ मतदाता सङ्ख्या रहेकामा ४७८ जना मतदाता मतदानमा सहभागी बनेको निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभएको छ । निर्वाचनमा खसेको कुल मत सङ्ख्यामा २१ मत बदर भएको थियो ।

LIVE TV